पहिरोमा पुरिदा दुईजनाको मृत्यु, तीन वेपत्ता

983
views

चितवन, १७, असार । भारी बर्षातका कारण पहिरो खस्दा चितवनमा दुईजनाको मृत्यु भएको छ । चितवनको पहाडी भेगमा पहिरो खस्दा अन्य चारजनावेपत्ता भएका छन् । राप्ती नगरपालिका १२ स्थित पर्खाल भन्ने स्थानमा पहिरोले दुईवटा घर पुरेको हो ।

पहिरोले घर पुरिदा वेपत्ता चारजनामध्ये एक जनाको शव फेला परेको छ । घटनास्थलभन्दा पचास मिटर तल पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घरमाथिबाट खसेको पहिरोले एउटा गोठ पनि बगाएको छ । घरसहितगोठ बगाउँदा १६ वटा गाई र गोरु पनि बगेका छन् । त्यती नै संख्यामा बाख्रा पनि लगेको छ ।

त्यस्तै कालिकानगरपालिका वडा नम्बर ११ दानेटार बस्ने करिब ५१÷५२ वर्षीय ज्ञानबहादुर चेपाङको मृत्यु भएको छ । ज्ञानबहादुरको शव पहिरोले बगाएको स्थानदेखि करिब एक किलोमिटर तलघैयावारीस्थित खोलाको छेउमा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य थापाले जानकारी दिए ।