पर्वत अस्पताललाई ६ वटा अक्सिजन सिलिण्डर

392
views

पर्वत, २१, असार । पर्वत जिल्लामा विद्युत उत्पादन गरिरहेको युनाईटेड मोदी हाईड्रोवापरको संयोजनमा एकिकृत पावर उत्पादन संघ नेपाल (आइपान) ले पर्वत अस्पताललाई ६ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । एकलाख १४ हजार रुपैयाँ बराबरको ६ वटा अक्सिजन सिलिण्डर आईतवार हस्तान्तरण गरिएको हो ।

कोरोना संक्रमित विरामीहरुका लागि अत्यधिक आवश्यक पर्ने ति अक्सिजन सिलिण्डर युनाईटेड मोदी हाईड्रोवापरका कार्यकारी निर्देशक उपेन्द्रराज गौतम मार्फत पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले ग्रहण गरेका हुन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीको माग, युनाईटेड मोदी हाईड्रोवापर लिमिटेडको संयोजन र आईपानले अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।

अक्सिजन सिलिण्डर ग्रहण गर्दै अध्यक्ष पहाडीेले संयोजन र सहयोग गर्ने व्यक्ति एवं संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए । कोरोना संक्रमित विरामीको उपचारको लागि अक्सिजन महत्वपूर्ण रहेकोले जिल्लामा अक्सिजन अभाव हुन नदिन माग गरिएको पहाडीले बताए ।

अक्सिजन सिलिण्डर उपलब्ध गराउँदै युनाईटेड मोदी हाईड्रोवापर लिमिटेडका कार्यकारी निर्देशक उपेन्द्रराज गौतमले आफ्नो कार्यक्षेत्र पर्वतमै रहेको र कोरोना संक्रमित भएर आउने विरामीलाई अक्सिजनको अभाव हुन नदिन आँपुले सक्दो पहल गरेको बताए ।