संसद विघटन मुद्दामाथि रिटको फैसला असार २८ गते

342
views

काठमाडौं, २१, असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा भएको बहस सोमबार (आज) सकिएको छ । सोमबारसम्म रिट निवेदक र विपक्षीको बहस र एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोकेका छन् ।

सोमबार रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गरे भने एमिकस क्युरीका रुपमा चयन राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीले राय दिएका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश माग गरेका छन् ।

इजलासले रिट निवेदक र विपक्षीबाट असार १० गतेसम्म नै बहस नोट मागिसकेको छ ।