पछिल्लो २४ घण्टामा २६ सय २२ संक्रमित थपिए

663
views

काठमाडौं, २१, असार । पछिल्लो २४ घण्टामा ११ हजार ५२७ जनाको नमूना परीक्षण गर्दा २६ सय २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

७६ सय ९९ नमूनाको पीसीआर र ४ हजार २८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट १७ सय ४५ जना र एन्टिजेन विधिबाट ८७७ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा थप २२ सय ११ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार सोमबार २३ जनाको कोरोना संक्रमणबाट मृत्यु निधन हुँदा नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ९ हजार २४८ पुगेको मन्त्रालयले जनाएको छ ।