म्याग्दीमा बाढीले घर भत्काउँदा दुईजनाको मृत्यु

809
views

बेनी, २३, असार । म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङमा बाढीले घर भत्काउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ ।

खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर भत्क्याउँदा त्यहाँ पसल गरी बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनाको मुत्यु भएको हो ।

घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले घरभित्र सुतिहेको अवस्थामा पुरिएका रोका दम्पत्तीको शव फेला परेको बताए ।

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, मंगला र मालिका गाउँपालिकाका जनप्रतिनिधी र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको व्यवस्थापनमा परिचालन भएका छन् ।