पटके लोडसेडिङ्ग अन्त्य गर्न व्यवयायीले दिए २ दिने अल्टिमेटक

427
views

सुर्खेत । सुर्खेतमा हिजोआज हुदै आएको पटके लोडसेडिङ्ग अन्त्य गर्न व्यवयायीले २ दिने अल्टिमेटक दिएका छन् ।

२ दिनभित्र पटके लोडसेडिङ्ग अन्त्यको माग गर्दै सुर्खेत उद्योग बाणिज्य संघले नेपाल विधुत प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

पटके लोडसेडिङ्गले सिबै व्यवसाय तथा उद्योग कलकारखाना मारमा परेको भन्दै ध्यानाकर्षण पत्र मार्फत २ दिनको समय दिएर पटके लोडसेडिङ्ग अन्त्य गर्न सुझाब दिइएको संघका अध्यक्ष धनवहादुर रावतले बताए ।

उनका अनुसार २ दिनको समय दिएर समस्या सुधार गर्न लगाइएको छ । अन्त्यथा समास्या समाधान नभए आन्दोलनमा उत्रने व्यवसायीहरुले चेतावनी दिएका छन् ।