देउवालाई सपथ खुवाउने राष्ट्रपति कार्यालयको तयारी

871
views

काठमाडौं, २९, असार । सर्वोच्च अदालतको फैसलाले विपक्षी गण्ठवन्धनका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी भएसँगै नेपाली कांग्रेसका सभापति देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए ।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।

यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका देउवाको प्रधानमन्त्रीको रुपमा यो पाँचौ इनिङ हो । देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।