गठवन्धनको निर्णय : सानो आकारको मन्त्रिपरिषद्

538
views

काठमाडौं, २९, असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सानो मन्त्रिपरिषद्को विस्तार गर्ने भएका छन् । सर्वोच्च अदालतको निर्णय अनुसार आज प्रधानमन्त्री बन्न लाग्नुभएका देउवाले सानो मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएलगतै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो ।

विपक्षी गठबन्धनको मंगलबार बिहान बस्ने बैठकले सरकारमा सहभागी हुने नेताहरुको नाम तय गर्ने भएको छ ।