६५ यूनिट रगत संकलन

1617
views

पोखरा । लायन्स क्लव अफ पोखरा बिरौटा साझाचौतारीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको छ । क्लवको वार्षिक कार्यक्रम अन्र्तगत आयोजना गरिएको रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको हो ।

कार्यक्रमको उद्घाटन असिस्टेन्ट चिफ एडभाइजर महेश पौडेलले पहिलो रक्तदाता कृष्ण पौडेललाई व्लड व्याग हस्तान्तरण सुरुवात गरेको कार्यक्रम संयोजक अमृता अधिकारीले जानकारी दिइन् ।

क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा डेप्युटी चिफ गोपाल थापा, डिष्ट्रिक सिनियर एडभाइजर दुर्गा कुमारी आचार्य, जोन चियर पर्सन सावित्रा पौडेल लगायतले रक्तदानको महत्वको बारेमा बोलेका थिए ।

क्लवका अध्यक्ष गीता पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विद्या पौडेल अधिकारीले गरेकी थिइन