लामो दूरीका गाडी सञ्चालन गर्न उपत्यकाका सिडिओहरुको बैठक बस्दै

452
views

काठमाडौं, ३१, असार । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने तयारी भएको छ । निषेधाज्ञाबारे छलफल गर्न बैठक अपराह्न चार बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

बैठकमा लामो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालनका सम्बन्धमा पनि छलफल हुने उनले बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार लामो दूरीका सार्वजनिक सवारीलाई स्वास्थ्य मापदण्ड अपनाएर जोर बिजोर प्रणालीमा चलाउन दिने कि भन्ने विषयमा छलफल हुने बताए ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिंदैछ ।