थप २,६७६ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

472
views

काठमाडौं, ३१, असार । पछिल्लो २४ घण्टामा थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार ८२५६ जनाको पीसीआर परीक्षणमा १७८२ र ४५१२ को एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ भने १७५७ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमित २६ हजार ६३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् ।