पोखरामा रोकियो खोप अभियान

320
views

पोखरा, २, साउन । पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियान शनिबारबाट स्थगित भएको छ ।

५५ वर्षका माथिका नागरिकका लागि ‘जनसन एन्ड जनसन’ को एक डोज मात्र लगाए पुग्ने कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको थियो । सोही अनुसार महानगरले पनि अभियान सुरु गरेको थियो ।

‘जनसन चलाउने भनेर हामीलाई मन्त्रालयबाट निर्देशन आयो । त्यही अनुसार हामीले खोप केन्द्र पनि तोक्यौं,’ महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हरिलाल आचार्य भन्छन्, ‘पछि जनसन नचलाउने भनेर जानकारी आएपछि भेरोसेल नै लगायौं ।’ भेरोसेल खोप सकिएपछि खोप अभियान रोकिएको छ ।