महन्थ पक्षका चार सांसद उपेन्द्र यादव पक्षको बैठकमा सहभागी

594
views

काठमाडौं, २, साउन । जनता समाजवादी पार्टी (जसपा) का चार सांसदले कित्ता परिर्वतन गरेका छन् । अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुर्नस्थापनसँगै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका हुन् ।

पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् ।

ठाकुर पक्षका नेताहरुका अनुसार चारैजना शुक्रबार पार्टी कार्यालयमा भएको छलफलमा अनुपस्थित थिए । यससँगै ३२ सदस्यीय संसदीय दलमा दुबै पक्षको १६–१६ भएको छ ।