२४ सय ४५ जनामा कोरोना संक्रमण, ३२ को मृत्यु

364
views

काठमाडौं, ४, साउन । पछिल्लो २४ घण्टामा ११ हजार ६६४ जनाको नमूना परीक्षणमा २४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा परीक्षण गराएका ११ हजार ६६४ नमूनामा २४ सय ४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७,८३३ नमूनाको पीसीआरबाट र ३,८३१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

यस्तै, पछिल्लो २४ घन्टामा १२ सय ५८ जनाले कोरोना भाईरस जितेका छन् । मन्त्रालयका अनुसार सोमबार कोरोनाबाट थप ३२ जनाको मृत्यु भएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ ।