कालिकोट काँग्रेस सभापतिमा उपाध्यायको बलियो उम्मेदवारी

3071
views

कालिकोट, ५, साउन । नेपाली काँग्रेसको १४ महाधिवेशन नजिकिदै गर्दा विभिन्न जिल्लाहरुला जिल्ला सभापतिको उम्मेदवारी घोषणाको प्रतिस्पर्धा चलिरहेको छ ।

उम्मेदवारी घोषणाकै दौरानमा कर्णाली प्रदेशको कालिकोटमा पनि जिल्ला सभापतिको उम्मेदवारीको होड चलेको छ । कालिकोटमा दर्जन बढी नेताले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन ।

ती उम्मेदवारीहरु मध्ये सभापतिको लागि सबैभन्दा बलियो उम्मेदवारको रुपमा शंकरप्रसाद उपाध्यायले दाकी गरेका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति कालिकोटको उपसभापति एवं प्रदेश क्षेत्रीय कार्यसमिति “क’’ का सभापति समेत रहेका उपाध्यय पार्टीको हरेक गतिविधिहरुमा लगातार सक्रिय मात्रै नभएर सामाजिक रुपमा निकै नै सक्रिय छन ।

जिउँदाको जन्ती र मर्दाको मलामी देखि हरेक रुपमा पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरुलाई मिलाएर अगाडी बढाउन सक्ने उपाध्याय ग्रामिण कार्यकर्ताहरुमा प्रधाविलो नेताका रुपमा पहिचान बनाएका नेता हुन् ।

उनी आर्थिक रुपमा कम्जोर सर्वसाधारणका लागि समेत औसधिको रुपमा परिचीत छन । कालिकोटमा सबैभन्दा बलियो उम्मेदवारका रुपमा रहेको धेरैले स्विकार गरेका छन् ।