माधव नेपालसहितका २२ सांसदसँग एमालेले सोध्यो स्पष्टीकरण

24
views

काठमाडौं, ६, साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको पक्षमा मत दिने एमालेका २२ सांसदलाई नेकपा एमालेले पत्रमार्फत स्पष्टिकरण सोधेको छ । एमालेले यही आइतवार विश्वासको मत दिएका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार ईमेलमार्फत र हार्ड कपी पनि सम्बन्धित सांसदहरुसम्म पठाइएको छ । एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले २४ घण्टाको समय दिएर स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव गरेका थिए ।

आइतवार राति संघीय संसदमा भएको विश्वासको मतका क्रममा नेपाल समूहमा लागेका १४ जना र ओली समूहका ८ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए ।