कर्णाली नदीमा दुई बालबालिका बेपत्ता

175
views

बर्दिया, ९, साउन । बर्दियाको कर्णाली नदीमा नुहाउन गएका दुईजना बालबालिका बेपत्ता भएका छन् ।

गेरुवा गाउँपालिका–६ का १२ वर्षीय सन्दीप विक र उनकी आठ वर्षीया बहिनी दिलमाया विक कर्णाली नदीको सैजना घाटमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालयका पाताभारले जनाएको छ ।

शुक्रवार दिउँसो घरबाट खेल्न जान्छु भनेर गएका दाजुबहिनी नुहाउने क्रममा बेपत्ता भएको खबर आएपछि उनीहरुको खोजी कार्य भइरहेको इप्रका पाताभारले जनाएको छ ।