सन्धीखर्कमा मेयर काँग्रेस, उपमेयर माओवादी केन्द्र विजयी

647
views

अर्घाखाँची, १९, असार । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका कमलप्रसाद भुसाल ८ हजार ३०३ मत ल्याएर मेयर घोषित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठले ७ हजार १२७ मत पाए ।
उपमेयरमा माओवादीका ठाकुर बिक ७ हजार १२७ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका इश्वरा पोखरेलको ६ हजार ४०४ मत आएको छ ।