मास्क कार्वाहीबाट सत्ताईस हजार

1174
views

पर्वत, २३, साउन । जिल्ला प्रहरी कार्यालय पर्वत र मातहतका युनिटबाट मास्क नलगाई हिड्ने २७९ जनाबाट कार्वाही स्वरुप सत्ताइस हजार नौ सय रुपैयाँ उठेको छ ।

प्रहरीले विश्वव्यापी रुपमा फैलीरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण तिव्र रुपमा बढिरहेकोले पर्वतमा मास्क लगाउ अभियान चलाएको थियो ।

प्रहरीले जिल्लाभित्रका विभिन्न ठाउँहरुमा मास्क चेकिङ गर्ने क्रममा मास्क नलगाई हिडडुल गर्ने आम नागरिक र सवारीसाधनमा मास्क नलगाई यात्रा गर्ने चालक तथा यात्रुहरुमार्फत उक्त रकम संकलन गरेको हो ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन बसमा यात्रा गर्दा वा घरमा बस्दा पनि अनिवार्य मास्कको प्रयोग र कुनै अत्यावश्यक काम बाहेक घर बाहिर हिंडडुल नगर्न हुन र स्वास्थ्य सुरक्षा मापदण्डको कडाईका साथ पालना गर्न प्रहरीले आव्हान गर्दै आएको छ ।