टोकियो ओलम्पिक : ३६ स्वर्णसहित चीनको अग्रता

366
views

एजेन्सी । टोकियो ओलम्पिक २०२० मा चीनले आफ्नो शीर्षतालाई कायमै राख्न सफल भएको छ । चीनले हालसम्म ३६ स्वर्ण, २६ रजत र १७ कास्यगरी ७९ पदक जितेको छ ।

चीनलाई पछ्याइरहेको अमेरिकाले ३१ स्वर्ण, ३६ रजत र ३१ कास्यगरी कुल ९८ पदक जितेको छ । आयोजक जापान २४, स्वर्ण ११ रजत र १६ कास्यगरी कुल ५१ पदक जित्दै तेस्रो स्थानमा यथावत रहेको छ । बेलायत १८ स्वर्ण, २० रजत र २० कास्यगरी कुल ५८ पदकसहित चौथो स्थानमा उक्लिएको छ ।

रसियन ओलम्पिक कमिटी टोली १७ स्वर्ण, २३ रजत र २२ कास्यसहित ६२ पदक जित्दै पाँचौ स्थानमा यथावत रहँदा १७ स्वर्ण, ६ रजत र २१ कास्यगरी कुल ४४ पदक जितेर अष्ट्रेलिया छैटौ स्थानमा झरेको छ । टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ६३ राष्ट्रले स्वर्ण जित्दा ८९ राष्ट्रले पदक जित्न सफल भएका छन् ।