एनआरएनए युकेको अध्यक्षमा–गाहामगर

147
views

नवदृष्टि न्यूज । गैरआवसीय नेपाली संघ बेलायतको अध्यक्षमा प्रेम गाहामगर विजयी भएका छन् । पहिलो पटक अनलाइन मतदानमार्फत सम्पन्न निर्वाचनमा साढे ११ हजारले गरेको मतदानबाट अध्यक्ष गाहामगरले चार हजार पाँच सय ७४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उपाध्यक्षमा सुनिलबाबु खड्काले चार हजार एक सय ६९, गोविन्द खरेलले तीन हजार ६ सय ६५, नारायण कंडेलले ४हजार चार सय ९५ , मोहन कार्कीले चार हजार पाँच सय ९५ मत प्राप्त गरी विजयी भएका छन् ।

महिला उपाध्यक्षमा सकुन्तला गुरुङ, महासचिवमा खुसी लिम्बू,सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले, कोषाध्यक्षमा विष्णु खरेल, सह–कोषाध्यक्षमा शशाङ्क शर्मा, युवा संयोजकमा तीर्थबहादुर मल्ल, महिला संयोजकमा विमला लिम्बू र सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भीम खनाल र बालकृष्ण दाहाल विजयी भए ।

त्यसैगरी क्षेत्रीय समितिमा इङल्यान्ड राज्य परिषद्का अध्यक्षमा एलबीजेड गुरुङ र स्कटल्यान्ड परिषद्का अध्यक्षमा काशिराम भण्डारी विजयी भएका छन् ।

निर्वाचन समितिले गत सोमबार नेपाल पत्रकार महासङ्घ युके शाखाका अध्यक्ष ध्रुव अर्याल, निवर्तमान अध्यक्ष नरेश खपाङगीमगर र वरिष्ठ सञ्चारकर्मी योगीलाई निर्वाचन पर्यवेक्षकका रुपमा जिम्मेवारी दिएको थियो ।