टोकियो ओलम्पिकः किपचोगेलाई म्याराथनको स्वर्ण पदक

795
views

काठमाण्डौं, २४, साउन । टोकियो ओलम्पिक अन्तर्गत म्याराथनतर्फको स्वर्ण पदक केन्याका एलिउड किपचोगेले जितेका छन् ।

निर्धारित दूरी २ घण्टा ८ मिनेटमा ३८ सकेण्डमा पूरा गर्दै किपचोगेले स्वर्ण पदक जितेका हुन् । ३७ वर्षीय किपचोगेले दोस्रो पटक ओलम्पिकमा स्वर्ण पदक जितेका हुन् ।

किपचोगेले सन् २०१६ को रियो ओलम्पिकमा समेत स्वर्ण पदक जितेका थिए । म्याराथनमा किपचोगेकै नाममा विश्व कीर्तिमान रहेको छ ।

स्वर्ण पदक जित्दा खुशी मिलेको भन्दै उनले सम्मान गरेर अनुशासित भएर खेले जुनसुकै खेलमा पनि जित निकाल्न सकिने बताए ।