भरतपुर महानगरका पाँच सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण

948
views

चितवन, २८, साउन । भरतपुर महानगरपालिकाले पाँचवटा सामुदायीक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । सामुदायीक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले महानगरका पाँचवटा विद्यालयलाई महानगर प्रमुख रेणु दाहालले स्कुल बस हस्तारन्तरण गरेका हुन् ।

नारायणी नमुना माध्यमिक विद्यालय, कविलास माध्यमिक विद्यालय, भिमनगर माध्यमिक विद्यालय, प्रभात माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालय जगतपुरलाई स्कुल बस दिइएको हो ।

सो क्रममा बोल्दै दाहालले शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि महानगरको नीति तथा कार्यक्रममा राखेर सामुदायीक विद्यालयलाई बस हस्तान्तरण गरिएको बताईन् ।

यसपटक मागका आधारमा धेरै विद्यार्थी रहेका विद्यालयलाई छनोट गरी स्कुल बस वितरण गरिएको हो । पाँचवटा बस खरिदका लागि महानगरपालिकाको ९९ लाख ९० हजार रुपैयाँ खर्च भएको छ ।