उद्यम विकास सहजकर्ताको दोस्रो भेला सम्पन्न

570
views

नम्रता लामिछाने
पर्वत, २८, साउन । पर्वतमा कार्यरत तथा क्रियाशिल उद्यम विकास सहजकर्ताको दोस्रो भेला पर्वतको सदरमुकाम कुस्मामा सम्पन्न भएको छ । “जिल्लाका उद्यम विकास सहजकर्ता एक होऔ, आफ्नो हक अधिकारका लागि आवाज बुलन्द गरौं’’ भन्ने मुल नाराका साथ भेलाको आयोजना गरिएको हो ।

कार्यक्रममा मोदी गाउँपालिकाकी उपाध्यक्ष सेती महतले लघु उद्यम ग्रामीण भेगलाइ जोड्ने, उद्यमको रुपमा विकास गर्न राज्यले नीतिगत र संस्थागत कार्यक्रम ल्याउनुपर्नेमा जोड यिदईन् ।

कार्यक्रममा उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारीले बाणिज्य संघ र उद्यमीको अन्तरसम्बन्ध रहेको बताउदै राज्यले उदम विकास सहजकर्तालाई सस्थागत गर्नुपर्ने बताए ।

त्यसैगरी घरेलु तथा साना उध्योग कार्यालय पर्वतका प्रमुख गोविन्द पौडेलले घरेलु कार्यालयले उद्दम बिकास सहजकर्ता र उद्यमीको सम्बन्ध रहेकाले बिगतदेखि नै सहजकर्ता र उद्यमीलाई सहजीकरण तथा परिचालन गरिंदै आएको बताए ।

कार्यक्रममा बोल्दै उद्यम विकास अधिकृत सीता शर्माले छिटोभन्दा छिटो उद्यम बिकास सहजकर्ताहरुको उपयोगिता र महत्वलाई आत्मासाथ गर्दै मुलुकको समृद्धिका लागि उद्यमी, सहजकर्ता र उत्पादनको अन्तरसम्बन्ध बारे स्पष्ट पारिन् ।