लुम्बिनी प्रदेशः कांग्रेस र माओवादीको सरकार बन्दै

501
views

काठमाडौं, २८, साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिए । प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय आह्वान गरेका छन् । अब लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धन सरकार बन्ने पक्का भएको छ ।

८० जना सांसद रहेको लुम्बिनी प्रदेशमा बहुमतका लागि कांग्रेस, माओवादी, जसपा र जनमोर्चासँग ४२ सांसद छन् । कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

सहमती अनुसार आउँदो फागुुनसम्म माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले र त्यसपछिको बाँकी अवधिका लागि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले नेतृत्व गर्ने सहमति भएको छ ।