पछिल्लो २४ घण्टामा ३९ सय १५ जनामा संक्रमण, २७ को मृत्यु

401
views

काठमाडौं, २९, साउन । पछिल्लो २४ घन्टामा थप ३९ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ । १८ हजार ५८२ नमूना परीक्षण गराउँदा ३९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार २१ सय १८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यो सहित नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ७९ हजार ४९४ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप २७ जनाले ज्यान गुमाएका छन । हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ पुगेको छ । कोरोना संक्रमित ७३६ जनाको आइसीयू र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।