देजमोका उम्मेदवारलाई मतदान गर्ने जनतालाई मेरो सलाम छ !

812
views

( सीपी गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
प्रतिक्रियावादी व्यवस्थामा आधारित दोश्रो चुनावको उपयोगितासम्म आइपुग्दा के कस्ता अनुभव संगाल्नु भयो ? हामीले प्रतिक्रियावादी चुनावलाई उपयोग गर्ने भनेर जुन निर्णय ग¥र्यौ त्यसको निश्चित उद्देश्य थियो । चुनावमा भाग लिएर उनीहरुले भनेजस्तो स्थानीय नगरपालिका, गाउँपालिका, स्थानीय तह कब्जा गरेर शासन गर्ने, विकास बजेट ल्याएर त्यसलाई दुरुपयोग गर्ने इत्यादी उद्देश्य हाम्रो थिएन । हामीले स्थानीय तहको निर्वाचनलाई उपयोग गरिरहँदा केही कुरामा ध्यान दिइरहेका थियौं । पहिलो, हाम्रो पक्षमा रहेको मत कुनै प्रतिक्रियावादीलाई पार्टीलाई हाल्नलाई जनता बाध्य नहोउन् । त्यसको लागि हामीले हाम्रा उम्मेदवारहरु खडा ग¥यौं । अहिले क्रान्तिकारी आन्दोलन उभार नभएर उतारको अवस्थामा रहेको बेला, ठुलो प्रतिक्रान्तिले ल्याएको निराशा, प्रतिक्रियाको कालमा आन्दोलन अगाडि बढाउने सम्भावना त रहँदैन । आन्दोलनको उतारको अवस्थामा जनताले अरु कुनै विकल्प नभएपछि जनताले चुनावमा भाग लिन्छन् । जनतालाई छोडेर राजनीति गर्न सकिंदैन । तसर्थ जनताकै साथमा रहेर राजनीति गर्न र जनतालाई साथमा लिएर जान पनि हामीले चुनावलाई कुनै न कुनै रुपले उपयोग गर्नुपर्ने हुन्थ्यो । दोस्रो, हामीले प्रतिक्रिया कालमा क्रान्तिकारी आन्दोलनलाई कसरी संगठित पार्ने, जनताको बीचमा कसरी पुग्ने भन्ने जुन समस्या थियो, यो निर्वाचनलाई उपयोग गरेर यस्ता नेटवर्कहरु खडा गरेर जनताको बीचमा पुग्ने र क्रान्तिको निमित्त तयारी गरिरहने मूल उद्देश्यका साथ चुनावमा गएका थियौं ।
पहिलो चरणको चुनावमा यसको परिणाम धेरै राम्रो आउन सकेन, कारण स्पष्ट नै थियो, किनभने दोश्रो संविधान सभाको निर्वाचन बहिष्कार गर्दाखेरी हामीले हाम्रा पक्षका मानिसहरुको नामावली दर्ता नै गराएनौ, हामीले जो उम्मेदवारहरु सोचेका थियौं, उहाँहरुको नामावलीमा नाम दर्ता थिएन । त्यसैगरी समर्थकहरुको ठुलो हिस्साले पनि दर्ता गराएको थिएन । अर्काे कारण हामीलाई चुनाव चिन्ह दिएन । चुनावको चार दिन अगाडि चुनाव चिन्ह दिएर त्यसको प्रचार हुने सम्भावना पनि भएन । यी कारणले गर्दा अपेक्षित रुपमा जनताले चाहेको ठाउँमा भोट हाल्न पनि पाएनन् । त्यसकारणले हाम्रो जितको सम्भावना कमै रहयो । अब दोश्रो चरणमा यी सबै अनुभवहरुलाई ध्यान राखेर हामीले केही राम्रो तयारी त गरेका छौं, तुलनात्मक रुपमा । अहिलेसम्म आएको परिणाम अनुसार कतिपय ठाउँमा प्रतिस्पर्धामा आएका छौं र पहिलो चरणको तुलनामा यो दोश्रो चरणमा केही न केही राम्रो मत आएको थाहा पाइएको छ ।

चुनावी मत परिणामले फेरि पनि स्थानीय सत्ता संशोधनवादी कै हातमा गएको देखिन्छ, यो चुनावी परिणामले जनताले अपेक्षा गरे अनुसार परिवर्तनको अनुभूति गर्न पाउलान् र ?

सत्ता उनीहरुको हातमा जाने कुरा स्वभाविक जस्तो लाग्छ । किनभने केन्द्रीय सत्ता उनीहरुकै हातमा त छ । र अहिले त्यही सत्ता प्रयोग गरेर चुनाव जित्ने कुरा हो । जो सत्ताधारी छ, त्यसले नै जित्ने त स्वभाविक हो । माहोल सबै उनीहरुको पक्षमा छ, मिडिया उनीहरुको पक्षमा छ, पैसाको खोलो उनीहरुले बगाएका छन्, मतहरु किनिएका छन्, मान्छेहरु किनिएका छन् । सत्ताको यति धेरै दुरुपयोग त पहिले पनि भएको थिएन । मानिसहरु भन्छन् पञ्चायतकालमा पनि सत्ताको यति दुरुपयोग भएको थिएन । त्यसैले सत्ताको दुरुपयोग गरेर जति पनि स्थानीय तह जितेका छन्, त्यसले आमजनताको जनजीवनमा कुनै परिवर्तन ल्याउला भन्ने हामीलाई लागेको छैन ।

अहिले संसदवादीहरु त्यसमा पनि विशेषतः माओवादी केन्द्रले सिंहदरवारको अधिकार गाउँ नगरमा भनेर बढी प्रचार गरिरहेको छ, के त्यस्तै हो त तथ्य ?

जनताका सबै एजेण्डा छाडिसकेको, वर्ग संघर्ष छाडिसकेको माओवादी केन्द्रलाई भन्ने ठाउँ केही छैन । पहिले जनताको अधिकार, किसानलाई जमिन, मजदुरको हक अधिकार सुनिश्चितको माग हुन्थ्यो, महिलाको अधिकार सुरक्षित गर्ने एजेण्डा हुन्थ्यो तर हाल आएर त्यस्तो कुनै एजेण्डा छैन । सिंहदरवारलाई गाउँमा लैजाने एजेण्डा संसारका कुनै कम्युनिष्टले नारा लगाएको थाहा छैन । त्यो पाखण्ड भनेको प्रतिक्रियावादको अन्तिम अवस्थामा पुगेको संकेत हो । सिंहदरवार भनेको शासन गर्ने ठाउँ हो । त्यो शासनलाई गाउँघरमा लैजानु भनेको कम्युनिष्ट पार्टीका सबै एजेण्डा छाडेर प्रतिक्रियावादीकरणको नमूना हो । फेरि सिंहदरवार गाउँ पु¥याउने भन्ने नाराले जनतालाई खासै आकर्र्िषत गरेको पनि छैन किनभने माओवादी आन्दोलनबाट त्यस प्रकारको अपेक्षा गरिएकै थिएन ।

चुनावी मत परिणामले के देखाएको छ भने, माओवादी जनमत अझै पनि बलियो छ, तर माओवादीको नाममा माओवादी केन्द्रले ब्याज खाइरहने अवस्था देखियो, यो अवस्था कहिलेसम्म रहला ?

यो अवस्था प्रतिक्रान्तिको असर र प्रभावलाई चिरेर नयाँ वर्ग संघर्षको नयाँ चरण शुरु नभएसम्म यसरी ब्याज खान सक्छन् । माओवादी केन्द्रले जति सिट ल्याएको छ, त्यो त प्रतिक्रियावादीको दयामायाले सानो हिस्सा दिएको हो । माओवादी केन्द्रका नेताहरुले प्रतिक्रियावादीका एजेण्डा बोकेर हिडिरहेका छन् । वास्तवमा प्रतिक्रियावादी एजेण्डा बोक्ने भरियाहरु हुन ती । भरियालाई भारी बोकेको पारिश्रमिक दिए जस्तै प्रतिक्रियावादी एजेण्डा बोकेकोमा पारिश्रमिक स्वरुप केही दिएका हुन यिनीहरुलाई । माओवादी कै माहोललाई पक्रेर यति सिट बनाएको चाँही होइन । त्यो भनेको प्रतिक्रिवादको दलाली गरेर पाएको सुविधा मात्रै हो, दिएको हो । जनतामा माओवादीको प्रभाव अहिले पनि जबर्जस्त नै छ । माओवादी केन्द्रले जनताका एजेण्डा छोडेकोमा दुःखी छन्, निराश छन् । त्याग, बलिदानलाई पनि सम्झेका छन् । माओवादी केन्द्रले ल्याएको परिणाम जनतामा रहेका यी छापले भन्दा पनि प्रतिक्रियावादी, दलाल नोकरशाहीहरुको एजेण्डाको भारी बोकेर पाएको पारिश्रमिक मात्रै हो जस्तो लाग्छ ।

देजमोको पक्षमा जुन मत देखियो, त्यो जनतामा पकड नै नभएर हो कि, चुनाव चिन्हको प्रचार प्रसार हुन नसक्नुको लगायतका कारणले हो ?

देजमो संगठन पछिल्लो चरणमा मात्रै बनेको हो । जनतामा खासै स्थापित हुने अवसर पनि पाएन । हामी चुनावमा जाँदा धेरै नै प्रतिकूल अवस्थामा थियौं । हाम्रो संगठनलाई मान्यता नदिनु, चुनाव चिन्ह पनि नदिनु, चौतर्फी घेराबन्दीमा पारेर यो संगठनलाई कुनै पनि हालतमा उठ्नै नदिने योजना प्रतिक्रियावादीले बनाए । उनीहरु सबै मिलिजुली बाँडिचुडि खाने बाटोमा लागिरहेका छन् । तर यो संगठनले फरक नीति बोक्ने, फरक कित्ताको प्रतिनिधित्व गर्ने भएको हुनाले शुरुवाती संगठन भएतापनि उनीहरुको लागि घातक हुने बुझे । त्यसकारणले यसलाई उठ्नै दिन हुन्न भन्नेमा उनीहरु बीच सहमति भयो । संगठनलाई मान्यता दिने, चुनाव चिन्ह दिने विषयमा छलफल हुँदाखेरि विशेष गरी माओवादी केन्द्रले नदिनेमा विशेष जोड दियो । माकेकै लहलहैमा काँग्रेस, एमाले कति छिटै सहमत भयो भने उनीहरु तुरुन्तै हाम्रो संगठनको विरुद्ध चौतर्फी घेराबन्दीमा लागी परे । अर्काेतर्फ फेरि पहिले चुनाव बहिष्कारका कारण नाम दर्ता नभएका उम्मेदवारहरुको दर्ता गर्ने अवसर पनि दिएन, संगठन पनि दर्ता गर्न नदिएर चौतर्फी घेराबन्दीको अवस्थामा चुनावमा गएर परिणाम आउनु फलामको च्यूरा चपाए जस्तै नै भयो ।

हिजो युद्धकालीन अवस्थामा माओवादी नेता कार्यकर्ताहरु मरिन्छ भन्दा भन्दै पनि युद्धमा हामफाल्थे अहिले चुनावमा हारिन्छ भन्दा भन्दै पनि चुनावमा उम्मेदवार बनेर जनताको बीचमा गए, यसलाई त्यसबेलाको स्थितिसँग तुलना गर्न सकिन्छ ?

यो वास्तवमा कार्यकर्ताहरु, पार्टीका कमरेडहरु अझै पनि अुनशासित छन् भन्ने राम्रो उदाहरण हो । किनभने चुनावमा हार्नको लागि जाने भनेर पहिले नै भनेका हौं । हार्नका लागि कोही पनि उठ्दैनन् । अरु पार्टीका भए उम्मेदवार उठ्दै उठ्दैनन् थिए । यो कुरा उहाँहरुलाई कसरी पनि दिशाबोध गरियो भने चुनावमा जित्नकै लागि गएको भए चुनाव अर्कै किसिमले लड्ने थियौं । अर्कै शक्तिसँग तालमेल गथ्र्यौं । हामी सबैले बुझेकै छौं, चुनाव कसरी जित्नु पर्छ, त्यसको लागि को–कोसँग एलाइन्स गर्नु पर्छ, पैसा खर्च कसरी गर्ने, पैसा पनि त्यस्तैसँग भिख माग्न जान्थ्यौं होला । तर हामीले त्यसो गरेनौं, किनभने हाम्रो पहिलो शर्त चुनाव जित्नै पर्छ भन्ने थिएन । हामीले पहिले माथि पनि उल्लेख गरिसक्यौं, कि ती उद्देश्यहरु पुरा गर्नको निमित्त हामी चुनावमा गएका थियौं । हामी त वास्तवमा क्रान्तिकारी आन्दोलन तयारीको लागि गएका हौं । हामीलाई जनताले यो नभनुन कि भोट हाल्ने ठाउँ पनि पाएनौं । हाम्रा समर्थकहरुलाई काँग्रेस एमाले माकेलाई भोट हाल्नलाई छोडिदिनु घातक कुरा हो । जनतालाई पनि नैतिक आधारमा पनि अप्ठ्यारो पथ्र्याे । यसकारणले हार्ने जान्दा जान्दै पनि चुनावमा उठ्ने राम्रो स्पिरिट देखियो, यो उदाहरणलाई पार्टीमा स्थापित गर्नुेपर्ने जरुरी देखिन्छ ।

जुन मुद्दाहरु स्थापित गराउन, जनतालाई बुझाउनको लागि चुनावको क्रान्तिकारी उपयोग देजमोले गरेको थियो, त्यो विषयमा कति हदसम्म सफल भएको पाउनु भयो ?

यस विषयमा धेरै त सफल हुन सकेनौं । यसको प्रमुख कारणहरु मध्ये एउटा मिडियाको भूमिका पनि रहयो । मिडिया अहिले अत्यन्त व्यवसायीकरण र ध्रुबीकरण भएको छ । क्रान्तिकारी शक्तिलाई निमिट्यान्न पारिनु पर्छ, मिडियामा, प्रचार प्रसारमा ल्याउनु हुन्न भन्ने मान्यता आमरुपमा स्थापित गरेकोे पाइयो । कयौं कार्यक्रमहरुमा मिडिया आउँदैन त कयौं कार्यक्रमहरुमा मिडिया आएर पनि प्रसारण गरिँदैन, ब्ल्याक आउट नै गरिदिन्छ । मिडिया निष्पक्ष भइदिए न प्रचार प्रसार हुने हो । प्रचार प्रसारको अर्काे पक्ष भनेको मिडियामा पैसा खर्च गर्नु, त्यो भनेको ठुलठुला होटेलहरुमा कार्यक्रमहरु गर्ने, प्रेस कन्फरेन्स गर्ने र यस्तोमा मिडिया आकर्षित भएको देखिन्छ । यसरी भएका कार्यक्रमको मिडियामा कभरेज पनि नहुने, मिडिया आकर्षित हुने रंगीन कार्यक्रम पनि गर्न नसकिएता पनि जनता बीच पुग्ने ठुला साना निकै कार्यक्रमहरु ग¥यौं । भलै ति आशातित परिणामुखी नभए पनि केही पनि नभएको भन्ने पनि होइन ।

मिडियाले यसरी ब्ल्याक आउट नै गरिनुको कारण पैसा खर्च गर्न नसक्नु मात्रै हो कि अन्य कारण पनि छ ?

अरु भनेको राजनैतिक मुख्य कारण हो । किनभने केही सामान्य बाहेक अरु मिडिया अहिले दलाल नोकरशाही पुँजीपतिहरुको कब्जामा रहेको देखियो । केहीले देशभक्त हुन भने केही ठाउँ दिएको पनि देखियो, अरु बाँकी पुरै विरुद्धमा लागे, दलाल नोकरशाही पुँजीपतिहरुको माथि उठ्नै दिनु हुन्न भन्ने प्रतिक्रियावादीको योजनामा मिडिया पनि एउटा अंग भएको छ । पैसा त दोश्रो पक्ष भयो, राजनैतिक रुपमा नै हामीलाई कुनै स्पेस नदिने योजनामा मिडिया रहेको हामीले पायौं ।

तपाईले भन्नु भएको प्रतिक्रियाको कालको अवधि चाहिं कति लामो होला ?

रुसमा यसको अवधि अलि लामै भएको थियो, ८–१० वर्ष नै भएको थियो । हाम्रो यहाँ पनि प्रतिक्रान्ति भएको १० वर्ष नै भइसकेको छ, यसलाई स्थापित गर्न सकेका थिएनौं । संक्रमण काल बाँकी नै थियो । अहिलेको निर्वाचनले त्यसलाई स्थापित गर्ने अलिकति काम गरेको छ । त्यही उद्देश्यले पनि निर्वाचन गराइएको हो । त्यसरी हेर्दा प्रतिक्रिया काल त धेरै भएको छैन । नेपालको सन्दर्भमा यो काल धेरै लामो समय जाला जस्तो लाग्दैन । किनभने नेपाल धेरै उथलपुथलहरु जनयुद्ध, क्रान्तिका बीचबाट गुज्रिरहेको भएकोले धेरै लामो समय नगइकन, केही वर्ष मात्रै रहला कि । समय नै तोकेर त भन्न नसकिए पनि लामो अवधि नहोला भन्न सकिन्छ ।

राष्ट्रियता, जनतन्त्र, जनजीविकाका मुद्दाहरु अझै जटिल बन्दै गएको छ, यी मुद्दाहरुलाई देजमोले उठाउँदै पनि आएको छ । अबको देजमोको कार्यभार के हुन्छ ?

राष्ट्रिय स्वाधीनता, जनगणतन्त्र र जनजीविकाका मुद्दाहरु प्रमुख हुन् । यी मुद्दाहरुलाई उठाएर आन्दोलन गर्ने अनि वर्ग संघर्ष र स्थानीय वर्ग संघर्षको तयारी सँगसंगै गर्ने दिशाममा देजमो अगाडि बढ्छ ।

अब गरिने स्थानीय वर्ग संघर्षको स्वरुप चाहिं कस्तो हुनेछ ?

स्थानीय वर्ग संघर्षको दुई पक्ष हुनेछ । एउटा जनआन्दोलन, जसले अहिले प्रधानता पाउँछ । यसको साथसाथै सामाजिक, आर्थिक लगायतका विषयहरु जनताका समाधान भएका छैनन्, ती विषयहरुमा तलबाटै वर्ग संघर्ष उठाउनुपर्ने हुन्छ । वर्ग संघर्षको सर्वाेच्च रुप भनेको क्रान्ति हो, विद्रोह हो, त्यस चरणमा एकैचोटी त पुग्दैन । तलैबाट उठाएर त्यहाँसम्म पु¥याउनु पर्ने आवश्कता हुन्छ ।

अन्तमा, देजमोलाई मतदान गर्नुहुने मतदाता र देजमोबाट उठ्नु भएका उम्मेदवारहरुलाई के भन्न चाहनु हुन्छ ?

यस्तो प्रतिकूल अवस्था र चौतर्फी घेराबन्दीको बीचमा, हामीलाई अपमानित, उपहास गरिरहेको बेलामा पनि उम्मेदवारहरुले उम्मेदवारी दिनु र मतदाताहरुले मतदान गर्नु, हामीलाई भोट हाल्दा दुरुपयोग हुन्छ भन्ने नारा लगाउँदा पनि त्यसको प्रवाह नगरी उम्मेदवारहरुलाई भोट हाल्नु हुने मतदाताहरुलाई देजमोको तर्फबाट म धेरै धेरै धन्यावाद दिन्छु, सलाम गर्छु ।