लिभरपुल सजिलै विजयी

485
views

लन्डन, ३१, साउन । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शनिबार सजिलो जित निकालेको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमा उसले नरविचलाई ३–० ले हराउँदै उपाधिको होडमा चुनौती पेस गर्न सफल रह्यो ।

लिभरपुलका लागि डिएगो जोटा, रोबर्टो फिरमिनो र मोहम्मद सलाहले गोल गरे । शनिबारका पहिलो चरणका अन्य खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–० र लेस्टरले उल्भ्सलाई १–० ले पराजित गरे ।

यस्तै ब्राइटनले बर्नलीलाई २–१, एभरटनले साउथह्याम्पटनलाई ३–१ र वाटफोर्डले एस्टन भिल्लालाई ३–२ ले पन्छाए । एजेन्सी