आगामी तीन दिन भारी बर्षा हुने

1656
views

काठमाडौं, ३१, साउन । बिहीबारदेखि सक्रिय भएको नेपालको मनसुनी सक्रियता अझै केहीदिन कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक ढलपल नगरी रहेकाले नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्म मनसुनको सक्रियता रहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी सक्रियताले अबको केही दिन देशका धेरै स्थानमा भारी वर्षा हुनेछ । तीन दिनभन्दा बढी समय नै नेपालका अधिकांश भूभागमा भारी वर्षा हुने आकलन गरिएको छ ।

हाल प्रदेश १, २ लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा पूर्ण बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

आइतबार, सोमबार र मङ्गलबारसम्म नै धेरै स्थानमा हल्का, मध्यम र भारी वर्षाको सम्भावना छ ।