तालिबानले भन्यो : ‘युद्ध सकियो’, ‘राष्ट्रपति भागे’

649
views

काठमाण्डौं, ३२ साउन । राष्ट्रपति भवनलाई कब्जामा लिँदै तालिबानले अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा गरेको छ । झण्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबान राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् ।

हिजो बिहान मात्रै राजधानी काबुल छिरेका तालिबानले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताए पनि राष्ट्रपति अशरफ घानी देश छोडेर भागेपछि उनीहरू राष्ट्रपति भवनमा छिरेका थिए । तालिबानले अब युद्ध सकिएको र राष्ट्रपति घानी भागेको समेत बताएको छ ।

तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिर समेत खिचेका छन् । अब अफगानिस्तानमा अमेरिकी सेना र पश्चिमी राष्ट्रको दबदबा पनि सकिएको तालिबानले बताएको छ ।

अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै कूटनीतिकज्ञहरुलाई सम्बन्धित देशले फर्काउन थालेका छन् ।