वीरेन्द्रनगर बजार क्षेत्रको अवस्थाः

380
views

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरका मुख्य बजार क्षेत्रमा खाल्डाखुल्डीले यात्रु र यात्रिलाई सहज रुपमा हिड्न मुस्किल छ ।

वीरेन्द्रनगरपालिका र वडाहरुले बजारका मुख्य ठाउँका खाल्डाखुल्डी पुर्न सकेका छैनन् । मान्छे आवतजावत हुने ठाउँ र मुख्य बजार क्षेत्रका खाल्डाखुल्डी बनाउने भन्दा मान्छे नहुँने ठाउँमा सडक बनाएको छ ।
कोरोना महामारिका बेला मान्छे आवतजावत नहुने ठाउँमा बजेट खर्च गरेर सरकारले राम्रो नगरेको वीरेन्द्रनगर –६ का हिमेश पुनले बताए । उनले भने यदि साच्चै सरकारले राम्रो गर्न चाहन्थ्यो भने वीरेन्द्रनगर बजार क्षेत्रका खाल्डाखुल्डी बनाउनुपर्ने ।’

वीरेन्द्रनगर नगरपालिका– १० स्थित करिब दुई किलोमिटर उक्त सडकखण्ड अहिले सामाजिक संजालमा ‘भाइरल’ भएको छ, जहाँ यस्तो कोरोना महामारिमा म्युजिक भिडियो बनाउन र सेल्फी,टिकटक खिच्न आउनेको घुइँचो लाग्ने गरेको छ ।

यो सडक खेतको बीचमा बनेको छ । खेतमा हुर्किँदै गरेको धानबाली र दुबै छेउमा जंगलको हरियालीका कारण यो सडक आकर्षक देखिने गरेकाले प्रत्येक दिन यहाँ घुँइचो लागेको देख्न सकिन्छ ।

त्यहाँ पुगेका मानिसहरूले सडकमा खिचिएका तस्बिर, भिडिओहरू सामाजिक सञ्जालमा राख्न थालेपछि त्यहाँ पुग्ने मानिसको भिड दिनहुँ थपिन थपिदै गएको छ ।

हरेक साँझ पन्ध्रसय भन्दा बढी पर्यटक म्युजिक भिडियो खिच्न र टिकटक,फोटो खिच्न यहाँ पुग्ने गर्दछन् । सामाजिक संजाल टिकटिकबाट भाइरल भएको यो सडकमा अचेल दिनहुँजसो म्युजिक भिडियो सुटिङ भइरहेको हुन्छ ।

कैलाली,बाँके बर्दिया, काठमाडौं पोखरासम्मबाट यहाँ घुम्न र म्युजिक भिडियो बनाउन आउनेहरु भिटिने गर्छन् ।

आफुले सामाजिक संजाल टिकटकमा भाइरल भएको देखेर यहाँ पुगेको बताउँछन् पोखराबाट आएका सुनिल साक्य बताउँछन् ।

सामाजिक संजालमा निकै भाइरल भएको देखे यहाँ नपुगि मनले मानेन पुगे, उनले भने यहाँ पुग्दा निकै रमाइलो लाग्यो तर वीरेन्द्रनगरका मुख्य सडकका खाल्दाखुल्डी देखेर दुःख लाग्यो उनले भने ।
‘हम्रा विभिन्न धार्मीक साँस्कृतिक महत्व बोकेका ठाउँहरु ओझेलमा पर्दै गएका छन् सरकार र हाम्रो चासो त्यहाँ छैन पिज गरेको सडक देख्नै नसकेर भाइरल सडक भनेर उफ्रिन्छौँ ।’

वीरेन्द्रनगर –७ की कमला विकको पनि स्थानयि सरकार वडाप्रति आक्रोश पोखदै भनिन्,‘वीरेन्द्रनगर बजार क्षेत्रका मान्छे हिड्ने सडक पिच छैनन्

यहाँ मान्छे नहिड्ने ठाउँमा बजेट हाले बालुवामा पानि खन्याएजस्तै भयो ।’
यहाँ गरेको पिचपनि दुइचारदिनमै उप्किसक्यो यो ठाउँपनि दुइचार दिनभन्दा कति धेरै भारुरल होला र खै ?

तीनकुने चोकबाट दक्षिणतर्प रहेको यो सडक आर्थिक वर्ष २०७७÷०७८ मा कालोपत्रे भएको सडक हो ।
एक करोडको लागतमा सडकको स्तरोन्नति गरिएको वडा अध्यक्ष रत्न बहादुर बुढाले बताए ।

सडकका केही संरचना भने बन्न बाँकी छ । नाली नबन्दा सडक भत्किने सम्भावना भएपछि यो आर्थिक वर्ष नाला बनाउन थप एक करोड रकम विनियोजन गरिएको समेत जानकारि दिए ।

सडकमा मानिसको भिड बढ्न थालेपछि रेखदेखका लागि प्रहरीलाई आग्रह गरिएको उनले बताए ।