अस्ताए कलाकार शम्भुराज थापा

142
views

काठमाण्डौं, ५, भदौ । कोरोना संक्रमणको उपचार गराईरहेका चर्चित कलाकार शम्भुराज थापाको निधन भएको छ । उनको आज बिहान चार बजे पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय ५५ वर्षका थापाले पछिल्लो समय हल्का रमाइलो टेलिश्रृङ्खलामा ‘बखते’ को भूमिका निभाएका थिए । उनले मह सञ्चारको ‘आमा’, ‘गोलमाल’, ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायतका टेलिश्रृङ्खलामा अभिनय गरेका छन् ।

केही चलचित्र र धेरै टेलिश्रृङ्खलामा भूमिका निभाएका थापाको निधनप्रति कलाकारले दुःख व्यक्त गरेका छन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । थापाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।