आर्सनलद्वारा रामस्डेल अनुबन्धित

585
views

एजेन्सी । इंग्लिस क्लब आर्सनलले गोलकिपर आरोन रामस्डेललाई अनुबन्ध गरेको छ । आर्सनलले गोलकिपर आरोनलाई च्याम्पियनसिप क्लब सेफिल्ड युनाईटेडबाट अनुबन्ध गरेको हो ।

२३ वर्षीय गोलकिपरले आर्सनलसँग ४ वर्षको सम्झौता गरेका छन् । इंग्ल्याण्डका गोलकिपर आरोन २०२० मा बर्नेमाउथबाट सेफिल्ड आएका थिए । आरोन युरो २०२० खेल्ने इंग्ल्यान्डको टिममा रहेका थिए ।