दुवै मिर्गौला पीडित शिक्षक तामाङ्लाई आर्थिक सहायता

434
views

पोखरा । दुवै मिर्गौला फेल भएर बिरामी परेका आफ्ना गुरुलाई हिमाञ्चल बोर्डिङ् स्कूल (२०६२ साल ब्याज) का भुतपुर्व विद्यार्थीहरुले आर्थिक सहायता प्रदान गरेका छन् । उक्त स्कुलमा अंग्रेजी विषयको शिक्षण गरिरहेका कुसल शिक्षक बुद्धि बहादुर तामाङ हाल दुवै मिर्गौला फेल भएपछि उपचारमा छन् ।

आर्थिक रुपमा पारिवारिक अवस्था कमजोर रहेका उनलाई थप उपचारका लागि समस्या भैरहेको छ । आफ्ना गुरु गम्भिर रोगले पीडित बनेको र उपचारमा समस्या भएपछि स्कुलका भुतपुर्व विद्यार्थीहरुले “असल व्यक्तित्व निर्माणमा अतुलनिय योगदान गर्ने एक असल शिक्षकको जिवन बचाऔँ” भन्ने अभियानको सुरुवात गरिएको बताएका छन् ।

उनिहरुले २०६२ सालका ब्याचका विद्यार्थीहरुले उनलाई नगद रु.२,७२,५७४।– सहयोग स्वरुप हस्तान्तरण गरिएको संयोजक अनन्त प्रधानाङ्ग जनाए । उनका अनुसार स्कुलका प्रिन्सिपल दिलबहादुर गुरुङ, पूर्व शिक्षक वेदप्रसाद शर्मा, तथा विद्यार्थी दिपा गुरुङ, दिनेश के.सी, जिवन आचार्य, रश्मी गुरुङ, प्रबेश शेरचन, सरिना गुरूङ, सम्झना गौतम, सिता तिमिल्सीना, रवि दकाल, रश्ना ढकाल, रोमन गुरुङ, प्रतिभा गुरुङ, सुमित गुरुङ, प्रताप गुरुङ, उपेन्द्र पुर्जा, अनन्त प्रधानाङ्ग , सुनिता थापा, सविना शर्मा, सोमनाथ भण्डारी, शर्मिला बस्नेत, विश्वास पुन, अन्जना गौतम, अपेक्षा गुरुङ, अनुप गुरुङ, विनोद भट्टराई, समिक्षा भटृराई, विक्रम गुरुङं, कुशुम गुरुङ, महेश गुरूङ, प्रमिला थापा, माधव थापा, सुजन पराजूली, काजु थापा लगायतबाट सहयोग संकलन गरिएको थियो ।

साथै उनिहरुले शिक्षक तामाङ्को स्वास्थ्य लाभको कामना सहित भुतपुर्व विद्यार्थीहरुलाई सहायतका लागि अजिल समेत गरेका छन् । तामाङ् मिर्गौला प्रत्यारोपणको प्रतिक्षामा रहेका छन् ।