पर्वतको कटुवाचौपारी र पिपलटारी ‘सिल’

595
views

पर्वत, ६, भदौ । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारी र वडा नं १० पिपलटारी दश दिनका लागि पुर्ण रुपमा सिल गरिएको छ । गएराती १२ बजेदेखि लागु हुनेगरी भदौ १५ गतेसम्म सिल गरिएको हो ।

भदौ १ गते ६४ जनाको पिसिआर परिक्षण गरिएकोमा दुई वडाका मात्रै २२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि थप संक्रमण फैलन नदिन १० दिनका लागि पुर्ण रुपमा सिल गर्ने निर्णय गरिएको पिपलटारीका वडा अध्यक्ष सुजन विक अमरले जानकारी दिए ।

वडा सिफारीस र सिसीएमसीको स्वीकृतिमा सिल गरिएको हो । अत्यावश्यक खाद्यान्नका पसलहरु विहान ८ देखि ९ बनजेसम्म र साँझ ५ देखि ६ बजेसम्म मात्र खोल्न पाईने भएको छ । घरमा रहेका संक्रमितहरुलाई समस्या परेरमा वडा कार्यालय वा जनप्रनिधिलाई खबर गर्न आग्रह गरिएको छ ।

गाउँमा अनावश्यक रुपमा हिडडुल नगर्न, अन्यत्रवाट सवारीसाधनहरु गाउँमा प्रवेश गर्न नदिने र स्वास्थ्य सुरक्षाका मापदण्डको पुर्ण रुपमा पालना गर्न वडावासीहरुलाई आग्रह समेत गरिएको अध्यक्ष सुनारले जानकारी दिए ।

यस अघि कुश्मा नगरपालिका वडा नं. १२ मा पनि पुर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ । अहिले पर्वत जिल्लामा सक्रिय संक्रमितको संख्या तीनसय भन्दा बढि रहेको छ । सदरमुकाम भन्दा ग्रामीण क्षेत्रमा संक्रमणको दर उच्च रहेको पाईएको छ । जिल्ला प्रशासन कार्यालयले संक्रमणको दर हेरेर स्मार्ट लकडाउनको तयारी समेत गरेको छ ।