स्वास्थ्य परीक्षण गर्नै मान्दैनन् राउटे

417
views

सल्यान । कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुमेन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदायले स्वास्थ्य परीक्षण गर्न नमान्ने गरेको पाइएको छ । शनिबार राउटे समुदायको बस्तीमै गएर गरिएको स्वास्थ्य शिविरमा १४० मा जम्मा १२ जना राउटले मात्र स्वास्थ्य परीक्षण गराएका छन् ।

खाद्यन्नलगायत अन्य सामानका लागि अग्रसर हुने तर स्वास्थ्य परीक्षणमा भने निकै कम मात्रामा सहभागी भएको सल्यान जिल्ला अस्पतालका मेडिकल डा। भीमकान्त जैसीले बताए ।

स्वास्थ्य परीक्षण् गरिएका व्यक्तिमा पनि ठूलो समस्या नदेखिएको उनको भनाइ छ । छाला, बाथ, घुँडा दुख्ने जस्ता समस्या देखिएको उनको भनाइ छ । उपचारमा राउटे समुदाय सक्रिय नहुँदा उनीहरूको स्वास्थ्य आउने समस्या के हो त्यो पहिचान गर्न नसकिएको डा. जैसीले बताए । उनले भने महिलाहरू अगाडि आएर जाँच गर्न हिचकिचाउने, बोल्न नमान्ने गरेका कारण सबैको स्वास्थ्य परीक्षण गर्न सकिएन ।

सल्यानमा आएको दुई महिनामै चार जनाको मृत्यु भएपछि घुमन्ते जीवन बिताउने राउटे समुदाय सुर्खेत नै गएका छन् । असार ८ गते सल्यानको कालिमाटी गाउँपालिका –५ काल्चेको डाँडमा बस्दै आएका राउटे पुनः सुर्खेत नै फर्किएका हुन् ।

उनीहरु सल्यान र सुर्खेतको सिमाना गुर्भाकोट नगरपालिका –१ सिमसारमा बसेका छन् । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका दुई बर्षिय मयो शाही, ३४ बर्षिय दल बहादुर शाही,, २१ बर्षिय मानसिहं शाही र गत बुधबार सात बर्षिय डवी शाहीको मृत्यु भएपछि बसाइँसराइ गरेका हुन्।

मुखिया वीरबहादुर शाहीका अनुसार डवी शाहीको मृत्यु भएपछि उनीहरू बसाइँ सरेका हुन् ।