अमेरिकाले गर्यो आफ्ना नागरिक र अफगानिस्तान छाड्ने २८ हजारको उद्धार

951
views

एजेन्सी । अमेरिकाले आफ्ना नागरिक सहित अफगानिस्तानमा फसेका सर्वसाधारणलाई व्यावसायिक विमानहरुबाट पनि उद्धार गर्ने भएको छ । यसका लागि अमेरिकाले १८ वटा ब्याबसायिक विमान प्रयोग गर्ने भएको छ ।

यसअघि सैनिक विमानले मात्रै अफगानिस्तानमा फसेका अमेरिकी नागरिक र अफगानिस्तान छाड्न चाहने अफगानीहरुलाई उद्धार गर्दै आएकोमा अब ब्यबसायिक बिमान मार्फत पनि उद्धार गर्ने भएको हो ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाए अनुसार अफगानिस्तानको काबुल बिमानस्थल लगायत अन्य बिमानस्थलमा रहेकाहरुलाई अन्य देश पुर्याउन सहयोग गरिने छ ।

तालीवानले गत साता अफगानिस्तानमाथि कब्जा जमाएपछि असुरक्षित महसुस गर्दै देश छोड्नका लागि हजारौं अफगानी नागरिकहरु काबुल बिमानस्थलमा भेला भएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले गतसाता मात्रै २८ हजारको उद्धार गरिएको जानकारी दिनुभएको छ ।

ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै बाइडेनले अफगानिस्तानको स्थिती नाजुक रहेको र त्यहाँका जनता पीडामा रहेको हृदयविदारक दृश्यहरु उजागर भएको दृष्टान्त पेश गर्दै त्यस्ता दृश्यहरु आफुले देख्न नसकेको बताउनुभयो ।

उता बेलायतले पनि गत सातादेखि शुरु गरेको उद्धारका क्रममा ५७ जनाको उद्धार गरेको जनाएको छ ।