पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ

318
views

काठमाडौं, ८, भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।

डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढेको हो । अब पेट्रोल प्रतिलिटर १३०, डिजेल तथा मट्टितेल ११३ र हवाई इन्धनको मूल्य ८६ रुपैयाँ कायम भएको छ । एलपी ग्यास प्रतिसिलिन्डर २५ बढाएर एक हजार ४५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर दुई रुपियाँले बढाएको छ ।

मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको जिकिर छ ।