महिलाहरुलाई घरबाहिर ननिस्कन तालिवानको निर्देशन

329
views

एजेन्सी । अफगानिस्तानमा बिभिन्न पेशा र ब्यबसायमा आवद्ध महिलाहरुलाई तालिवानले तत्काल कामका लागि घर बाहिर ननिस्कन निर्देशन दिएको छ ।

तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी महिलाहरुको सुरक्षा सुनिश्चत नभएसम्म घर बाहिर ननिस्कन निर्देशन दिएका हुन् ।

संयुक्त राष्ट्रसंघले हालै अफगानिस्तानको पछिल्लो स्थितिको बिश्लेषण गरी त्यहाँका महिलाहरु असुरक्षित रहेको बताएपछि तालिवानको तर्फबाट यस्तो निर्देशन आएको हो ।

राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिशेल बाचेलेटले अफगानी महिलाहरु आधारभुत रातो घेरा भित्र रहेको दाबी गर्नुभएको थियो ।

तालीवान प्रवक्ता मुजाहिदले अमेरिकाले बिना कारण अफगान नागरिकहरुलाई देश छोड्न प्रोत्साहित गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न चेतावनी समेत दिएका छन् ।

अफगानिस्तामा कोही पनि असुरक्षित नरहेको भन्दै उनले अमेरिकाले उद्धार कार्य तत्काल बन्द गर्न पनि भनेका छन् ।