सल्यानबाट २३ किलोग्रामभन्दा धेरै जडीबुटी निकासी

690
views

सल्यान । सल्यानबाट गत आर्थिक वर्ष २०७७\०७८ मा विभिन्न १० प्रजातिका २३ किलोग्रामभन्दा धेरै जडीबुटी निकासी भएको छ।

जिल्लाका विभिन्न राष्ट्रिय तथा सामुदायिक वन, पाखोबाट संकलन गरिएका २३ लाख ११ हजार ९ सय ५० किलो जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।

जिल्लाबाट राष्ट्रिय वनतर्फ टिमुर ८८ हजार किलो, रिठ्ठा दुई लाख ३२ हजार ५०० किलो, तेजपात ६८ हजार ५५२, घोडेताप्रे ५०० , बज्रदन्ती २०५, अमला एक हजार किलो, चुत्राको बोक्रा २५ हजार किलो, पाखनभेद ३२ किलो, काउलोको बोक्रा ६ हजार ९४० र गोकुलधुप ९०० किलो गरी २३ लाख ११ हजार ९ सय ५० किलो जडिबुटी निकासी भएको डिभिजन वन कार्यालयका विजय पुलामी मगरले जानकारी दिए।

यस्तै, निजी आवादीतर्फ टिमुर ३ लाख ३८ हजार २५० किलो र रिठ्ठा ११ हजार किलो निकासी भएको उनले जानकारी दिए।

जिल्लामा राष्ट्रिय वनतर्फ ४ लाख ६४ हजार १८० किलो जडीबुटी उत्पादन भएको भएपनि ४ लाख २५ हजार ९२४ किलो निकासी भएको छ। ३८ हजार २५६ किलो जडीबुटी निकासी हुन बाँकी रहेको उनको भनाइ छ।