पर्वत प्रहरीद्वारा विभिन्न मुद्दाका फरार ४ प्रतिवादी पक्राउ

495
views

पर्वत, १२, भदौ । जिल्ला प्रहरी कार्यालय पर्वतले विभिन्न मुद्दामा फरार रहेका चारजना प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरुलाई पर्वत जिल्ला अदालतमा पेश गरि ठेकिएको कैद– सजाय भुक्तानीको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

पैयू गाउापालिका– ७ भोर्ले बस्ने २३ बर्षिय नविन भन्ने होम ब. थापा विरुद्द ठेकिएको हातहतियार खरखजना मुद्दामा १ वर्ष १५ दिन कैद र रु. दश हजार रुपैया जरिवाना सजायका लागि नियन्त्रणमा लिई बुझाईएको छ ।

कुश्मा न.पा. वडा न. ५ का २० बर्षिय अनमोल कुमाल विरुद्द अभद्र व्यवहार पर्वत जिल्ला अदालतको फैसला अनुसार १७ दिन कैद, बाह्र हजार पाँचसय रुपैया जरिवाना सजायका लागि कारागार चलाइएको छ ।

यस्तै मोदी गा.पा.४ हाल कुनपा ६ बस्ने ४० बर्षका बिष्णु बहादुर पुन र कुश्मा न.पा. वडा नं. २ बस्ने २१ बर्षिय परशुराम दर्जी विरुद्द बिना ईजाजत काठ ओसापसार शिर्षकमा मुद्दा दर्ता भई दुवै जनालाई २ महिना ४ दिन कैद र जनही पाँच हजार रुपैया जरिवाना सजायका लागि नियन्त्रणमा लिई कारागार चलाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकृत एवं प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।