घोराही उपमहानगरमा एमाले विजयी

545
views

दाङ, १९, असार । घोराही उपमहानगरमा एमाले विजयी भएको छ । एमालेका मेयर उम्मेदवार नरुलाल चौधरी २० हजार ७ सय ९२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मेयर उम्मेदवार भूपबहादुर डाँडीले १६ हजार ३ सय ७६ मत ल्याउनु भएको छ ।
उपमेयरमा एमालेकै सीता न्यौपालेले कांग्रेसका पुष्पा श्रेष्ठलाई पछि पर्दै विजय हासिल गर्नुभएको हो । घोराही उपमहानगरपालिकामा एमाले बहुमत वडाहित जित हासिल गरेको छ । एमालेले घोराहीमा ११ वडा जितेको छ भने काग्रेस ६ र माओवादी २ वटा वडा जितेको छ । अन्तिममा गणना भएको घोराही–१२ को वडा अध्यक्षमा नेकपा माओवादीका उम्मेदवार राजेन्द्र बुढा विजयी हुनुभएको छ ।