युवा तयार भए राजनीतिबाट विदा हुन्छु : प्रचण्ड

456
views

काठमाडौं, १२, भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा युवा तयार भए आँफु राजनीतिबाट विदा हुने बताएका छन् । युवाहरुलाई नेतृत्व दिने मन छ तर युवाहरु तयार नहुँदा आँफुले सुख पाउने छाँट नआएको बताए ।

‘छिटो भन्दा छिटो विदा भएर संस्मरण लेख्न मन छ’ शनिबार आयोजित वाईसीएलको राष्ट्रिय भेलामा उनले भने, ‘अलि भिन्न भूमिकामा जाने इच्छा छ छिट्टै’ ‘छिट्टै भनेको भोलि नै होइन ।’

जनयुद्धको समयमा भन्दा युवाहरु स्खलित भएको भन्दै प्रचण्डले अहिलेका युवा पद र प्रतिष्ठाको पछि लागेको बताए । ‘हिजो युवाहरुमा अप्ठेरो कामको जिम्मा आफूले पाउन पाए हुन्थ्यो भन्ने थियो, अहिले मलाइ यो पदमा पठाइयोस् भन्ने प्रवृत्ति देखिएको छ’ उनले भने ।

माओवादीले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको भन्दै प्रचण्डले बताए । उनले राष्ट्रिय राजनीतिमा अरु पार्टी भन्दा माओवादी अलग देखिनुपर्ने पनि बताए ।