काबुल विमानस्थलमा रहेका ३४ नेपाली उद्धारको पर्खाइमा

447
views

काठमाडौं, १३, भदौ । अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपाली नागरिकहरु केही दिनयता उद्धारको पर्खाइमा रहेका छन् ।

उनीहरुलाई केही दिन अगाडि नै ल्याउने तयारी भए पनि काबुल विमानस्थलमा भएको आक्रमणको कारण केही ढिलो भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार उडानको पर्खाईमा रहेका नेपाली नागरिकलाई सुरक्षाको दृष्टिकोणले थप सुरक्षित र व्यवस्थित ठाउँमा राखिएको छ ।

काबुल विमानस्थल नजिक एकै ठाउँमा राखिएका ४२ मध्ये ८ जना भने आउँदैछन् । बाँकीको उद्धारको लागि विभिन्न मुलुकसँग समन्वय भइरहेको छ ।