वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन

507
views

काठमाडौं, १४, भदौ । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा निधन भएको छ । ‘अल्जाइमर रोग’ बाट पीडित भट्टको गत महिना अस्तपालमा उपचारपछि आफ्नै निवास कालिकास्थनमा बस्दै आएका थिए । उनको आज बिहान निधन भएको हो ।

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उहाँका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लागायत कृति लोकप्रिय छन् ।

विं.सं १९९३ मा जुम्लामा जन्मनुभएका भएका उनी प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्वअध्यक्षसमेत थिए । भट्टका श्रीमती र दुई छोरा छन् ।