सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा

517
views

काठमाडौं, १४, भदौ । मन्त्रिमण्डलाई पूर्णता दिन सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले बालुवाटारमा सोमबारसत्तारुढ गठबन्धनको बैठक जारी रहेको जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुको उपस्थित रहेको छ ।

सत्तारुढ गठबन्धनको बैठकले मन्त्रीमण्डललाई पूर्णता दिने लागिएको हो ।