२२ सय ९५ जनामा कोरोना पुष्टि : १६ को मृत्यु

344
views

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार २३३ नमूना परीक्षणमा २२ सय ९५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

११ हजार ८९२ नमूनाको पीसीआर र ४३ सय ४१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो । जसमध्ये १९ सय २ नमूनाको पीसीआर र ३९३ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार १८ सय ८ जनाले कोरोना जितेका छन् । यो सहित नेपालमा कोरोना जित्नेको संख्या ७ लाख १४ हजार ५२० पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ छ । ५६८ जनाको आइसीयू र १६० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो तीन दिनमा (भदौ १२, १३ र १४ गते) ५ लाख ९७ हजार ५९८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।