दैलेखमा वडा अध्यक्षले सामाजिक सुरक्षा भत्ता खाएको आरोप

1165
views

दैलेख । जिल्लाको ठाटीकाँध गाउँपालका २ का वडा अध्यक्ष रुपलाल विश्वकर्मालाई २ नम्बर वडाका एक युवकले वडा अध्यक्ष विश्वकर्माले आफ्नी आमाको वृद्धभत्ता खाएको आरोप लगाएका छन् ।

ठाटीकाँध २ कै हिम बहादुर शाही नामको आइडीबाट सामाजिक संजाल फेस्बुक मार्फत आफ्नी ७० वर्षिय आमाको सामाजिक सुरक्षा भत्ता वडा अध्यक्षले खाएको सामाजिक संजाल फेस्बुकमा राखेका छन् ।

फेस्बुकमा स्टाटस राख्दै उनले लेखेका छन् ‘रुपलालजीले आफ्नी ७० वर्षिय आमाको एक वर्षको पुरै जेष्ठ नागरिक वृद्धभत्ता खाइदिए’ भनेर राखेका छन् ।
उनले फेस्बुकमा लेख्दै भनेका छन्,‘गत सालको लक्डाउनमा मैले मेरि वृद्ध आमाको बृद्ध आमाको जेष्ठ नागरिक भत्ताबारे मलाई बुझ्न पनि दिएनन् ।’

वडा अध्यक्षले आफ्नी वृद्ध आमाको एक वर्षको भत्ता खाएको स्टाटस उनले सामाजिक संजालमा राखेपछि भाइरल भएको छ । स्टाटसमा ठाटीकाँध २ का धुर्ब शाहीले लेखेका छन् । ‘सायद मलाई लाग्छ यसरी सामाजिक सुरक्षा भत्ता वडा अध्यक्ष र सचिव जो सुकै भए पनि खान सक्दैनन र खादैनन् यस्तो अनावश्यक झुट् कुरा सामाजिक संजाल मा समाचार बनाउनु राम्रो हैन भन्दै उक्त स्टाटसमा टीप्पणी गरेका छन् ।

त्यस्तै सोही स्टाटसमा सामाजिक संजाल फेस्बुकबाट कुल बहादुर शाही नामको आइडीबाट लेखेका छन् ।‘कुरा सत्य के हो अध्यक्ष जिको पनि सानोतिनो कमजोरी भएजस्तो लाग्यो ।’ त्यहि वडाको जनप्रतिनिधि भयर आफ्नै वडाको बारेमा बेखबर भयजस्तो कुरा गर्नुभयो । जनप्रतिनिधि भनेको जनताका सुखदुखमा साथ दिने होइन उल्टो पुलिसको धम्की दियर पावर पौचका भरमा चोखिन खोजेजस्तो लाग्यो शाहीले लेखेका छन् ।
यता ठाटीकाँध गाउँपालिका –२ नम्बर वडा अध्यक्ष रुपलाल विश्वकर्माले यसको सत्यतथ्य छानबिन गर्न कानुनी प्रक्रियाबाट अधि बढ्ने कुरा सोही स्टाटसमा टीप्पणी गरेका छन् । उनले लेखेका छन् । ‘फेस्बुक मार्फत सम्रग सबै सरोकार पक्ष सम्पूर्णमा जानकारी गराउन चाहान्छु ।

यदि कानुनी अनुसन्धानबाट म दोषि ठहरिएमा हरेक कार्बाही भोग्न तयार छु । सत्यतथ्य नबुझेर नै चरित्र हत्या गरिएको हो भने साइवरक्राईम मुद्दामा कसैलाई छुट नहुने पनि जानकारी गराउन चहान्छु ।
सामाजिक सुरक्षा भत्ता वडा अध्यक्षले वितरण गर्ने हैन,’उनले भने,‘त्यो त सचिव अथवा कर्मचारीले वितरण गर्ने हो त्यस बारेमा वास्तविक कुरा के हो कर्मचारीलाई बुझ्ने हो, मेरो नाम कसरी आयो त्यसमा पनि वास्तविक प्रमाण चाहिन्छ ।’
आफ्नो बिना गलत सामाजिक संजालमा मेरो चरित्र हत्या भयो  उनले भने,‘यो कुरालाई सहन सकिन्न आफुले गर्दै नगरेको दोष मलाई लगाएर सामाजिक संजालमा गालिगलौज भयो,यस्का लागि आफुले साइबर क्राइममा निवेदन पठाइसकेको छु दोषि भए आफु सजाए भोग्न तयार छु ।’

यता सामाजिक विकास मन्त्रालय सुर्खेतका सामाजिक सुरक्षा तथा महिला विकास शाखा अन्र्तगतकि महिला विकास अधिकृत अनिता ज्ञवाली भन्छिन् सामाजिक सुरक्षा भत्ता नगद रुपमा वितरण हुँदैन बैंक मार्फतनै उनीहरुसम्म पुग्ने बताउँछिन् । ‘यस्तो अवस्थामा रकम झिक्नसक्ने भनेको कि खातावालाको संरक्षक बसेकाले हो भने कित खातावालको सहमतिमा झिक्न पाइन्छ नत्र मिल्दैन ।’
अहिले सामाजिक संजालमा सत्य कुरा नबुझेर आफ्नो विचार मात्र व्यक्त गर्ने प्रविधि धेरै भएकाले विचार व्यक्त गर्ने नै भए प्रमाण सहित व्यक्त गर्न सकिने ज्ञवालीको भनाई छ ।
के छ सजाए
सामाजिक संजालमा झुटा कुरा गरेर व्यक्तिगत चरित्रमाथि औँला उठाएर सामाजिक संजालमा हालेमा साइबर क्राइम मुद्धा लाग्ने अधिवक्ता गणेश बलिले बताए । ‘यस्तो अवस्थामा पाँच वर्षसम्म कैद र एक लाख जरिवाना वा दुबै सजाए हुनसक्छ ।’