अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता

671
views

काठमाण्डौ, १५, भदौ । अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना बाहिरिएको बताएको छ । अमेरिकाले झण्डै २० वर्षपछि पूर्णरुपमा अफगानिस्तान छाडेको हो । तालिबानले अफगानिस्तानलाई कब्जामा लिएपछि त्यहाँबाट एक लाख २३ हजार नागरिकलाई उद्धार गर्न सफल भएको अमेरिकी सेनाले जनाएको छ ।

ग्रामीण क्षेत्रमा मात्रै सीमित भएको तालिबानले त्यसपछि सहर केन्द्रित आक्रमण गर्न थाल्यो । गएको साउन ३१ गते तालिबानले राजधानी काबुललाई नियन्त्रणमा लिएपछि त्यहाँ फसेका आफ्ना नागरिक र सेनाको उद्धारका लागि अमेरिकाले आजसम्मको समय पाएको थियो ।

यसैबीच, अमेरिकाले काबुलमा भएको ड्रोन आक्रमणका बारेमा पनि अनुसन्धान भइरहेको जनाएको छ । विद्रोही समूह आईएसको रकेट आक्रमणलाई रोक्न अमेरिकाले ड्रोन आक्रमण गरेको थियो ।

यो आक्रमणमा बालबालिकासहित केही नागरिकको ज्यान गए पछि यसबारे अनुसन्धान थालिएको हो । अमेरिकी सेना बाहिरिएसँगै तालिबानले उत्सव मनाउन थालेको छ । अफगानिस्तानबाट बाहिरिएसँगै अफगानिस्तान, सिरिया, इराक र यमनमा विद्रोहीलाई परास्त गर्न अमेरिका सफल भएको विश्लेषण गरिएको छ ।

सन् १९४५ सम्म अमेरिकाले लगभग ठूला युद्ध जितेको थियो । तर, त्यस पछि कमै मात्र युद्धमा अमेरिकाले जित आफ्नो पक्षमा पारेको बीबीसीले जनाएको छ ।