पोखरामा पहिरोले घर बगाउँदा तीनको मृत्यु

553
views

पोखरा, १७, भदौ । पोखरामा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् भने एक जना बेपत्ता छन् ।

पोखरा महानगरपालिका २० भलामका ३५ वर्षीय सुन माया तामाङ र उनका श्रीमान कृष्ण श्रेष्ठको मृत्यु भएको छ ।

श्रेष्ठका १० वर्षका छोराको भने उद्धार गरिएको छ । उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ भने अर्का छोरा पहिरोमा पुरिएर हराइरहेका वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए ।